Dhulikhel Eco Banner new

आइतवार सुनचाँदीको मूल्य सार्वजनिक भएन, आन्दोलन थप चर्कदै

2.35K
shares

काठमाडौं, १५ असार । चालु आर्थिक वर्षको बजेटमा सुनचाँदीमा गरिएको करप्रति असन्तुष्टि जनाउँदै देशभरका सुनचाँदी व्यवसायीहरूले आइतवारबाट आन्दोलनलाई थप चर्काएका छन्। यसैक्रममा असार १५ गते आइतवार दैनिक सुनचाँदीको मूल्य समेत सार्वजनिक गरिएको छैन।

सुनचाँदी महासंघले हरेक दिन बिहान करिब १०ः३० बजे सार्वजनिक गर्ने मूल्य आइतवार रोकिनु आन्दोलनको अर्को चरणका रूपमा लिइएको छ। मूल्य निर्धारण रोकिएसँगै देशभरका पसलहरू बन्द रहेका छन्, जसका कारण बजार कारोबार पूर्ण रूपमा प्रभावित भएको छ।

व्यवसायीहरू बजेटमा सुनमा थपिएको २ प्रतिशत विलासिता कर र गहनामा हिरा वा बहुमूल्य पत्थर जडान गर्दा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट को विरोधमा छन्। उनीहरूले सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आएका छन्।

व्यवसायीहरूले चेतावनी दिएका छन् कि माग सम्बोधन नभए अझ कठोर आन्दोलनका कार्यक्रमहरू अघि सारिनेछ। आन्दोलनका कारण ग्राहकहरू अलमलमा परेका छन् भने विवाह–व्रतबन्ध लगायतका कार्यका लागि गहना खरिद गर्न चाहने उपभोक्ता प्रभावित भएका छन्।