Dhulikhel Eco Banner new

बैंकिङ कसूर मुद्दामा फरार दुई प्रतिवादी काठमाडौंबाट पक्राउ

2.87K
shares

काठमाडौं, १५ असार । बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका–१ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र रोल्पा माडी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ गोंगबुमा बस्दै आएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा ११ लाख रुपैयाँ जरिवाना र १ महिनाको कैद सजाय सुनाइएका भण्डारीलाई शुक्रबार महाराजगञ्जबाट पक्राउ गरेको हो। त्यसैगरी, सोही मुद्दामा फरार रहेका प्रेम बहादुर विकलाई बिहीवार गोंगबुबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विष्णु बहादुर भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने प्रेम बहादुर विकलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, कोहलपुर बाँके पठाइएको छ।