Dhulikhel Eco Banner new

हत्कडीसहित जिल्ला अदालतबाट थुनुवा फरार

1.94K
shares

काठमाडौं, १५ असार । काठमाडौं जिल्ला अदालतबाट एक थुनुवा हत्कडीसहित फरार भएका छन्। फरार हुनेमा पश्चिम रुकुम बाँफिकोट गाउँपालिका–१ स्थायी घर भई काठमाडौं गोंगबु बसोबास गर्ने २१ वर्षीय निराजनजंग ठकुरी दशरथ शाही रहेका छन्।

शाही आइतबार चोरी मुद्दामा थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार अदालतको ४ नम्बर इजलासमा बहस चलिरहेका बेला उनी पिसाब लाग्यो भन्दै ट्वाइलेट जान निहुँमा फरार भएका हुन्।

उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।