Dhulikhel Eco Banner new

मुगुमा लगातार दोस्रो दिन भूकम्पको धक्का

3.33K
shares

काठमाडौं, १६ असार । मुगु जिल्लामा लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमवार बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि आइतवार दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमालाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो।