काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला
वि.सं.२०८२ असार १८ बुधवार १०:२४
shares

काठमाडौं, १८ असार । कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि काठमाडौं महानगरपालिकाले उत्कृष्ट अवसर ल्याएको छ।
महानगरको शिक्षा विभागले शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्ति कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गर्दै अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।
सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।
विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको वेबसाइट वा सिधै entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।
महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।



















