Dhulikhel Eco Banner new

पर्सामा स्रोत नखुलेको २८ लाख बढी नगदसहित तीन जना पक्राउ, हुण्डी कारोबारमा संलग्न रहेको आशंका

3.25K
shares

काठमाडौं, १८ असार । स्रोत नखुलेको २८ लाख २७ हजार रुपैयाँसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई हुण्डी कारोबारमा संलग्न रहेको शंकामा नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनिल कुमार बर्णवाल, बिनित कुमार श्रीवास्तव र दिपक कुमार सोनारलाई छुट्टाछुट्टै स्थानबाट मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका–२ निवासी २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानगरपालिका–३ आदर्श टोलका २३ वर्षीय बिनित कुमार श्रीवास्तव, र बारा परवानीपुर गाउँपालिका–४ निवासी ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन्।

प्रहरीका अनुसार अनिल कुमारलाई वीरगंज–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँसहित, बिनित कुमारलाई वीरगंज–८ कृषिविकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपैयाँसहित र दिपक कुमारलाई वीरगंज–१६ रजतजयन्ती चोकबाट ३ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।

उनीहरूमाथि हुण्डी कारोबारसम्बन्धी गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिइसकिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।