Dhulikhel Eco Banner new

एनबीआईको माइक्रोफाइनान्स संकायमा जीवन खनाल नियुक्त

3.82K
shares

काठमाडौं, २२ असार । नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) मा जीवन खनाल माइक्रोफाइनान्स संकाय सदस्यको रूपमा नियुक्त भएका छन् ।

सूक्ष्म वित्त र ग्रामीण बैंकिङ क्षेत्रमा लामो अनुभव र विशेष दक्षता हासिल गरेका खनालको आगमनले एनबीआईको तालिम तथा ज्ञान आदान–प्रदानको कार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

वित्तीय संस्थासँगको व्यावसायिक अनुभव र शैक्षिक पृष्ठभूमिले युक्त खनालले बैंकिङ तथा वित्तीय क्षेत्रका पेशागत कर्मचारीहरूलाई समावेशी वित्तीय प्रणाली र दीगो विकासमा आधारित ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनबीआई परिवार खनाललाई हार्दिक स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेका छन् ।