Dhulikhel Eco Banner new

काठमाडौं उपत्यका खानेपानीद्धारा ५४ कर्मचारी माग

3.04K
shares

काठमाडौं, २७ असार । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। लिमिटेडले १४ विभिन्न पदमा कुल ५४ जना कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।

कम्पनीले तीमध्ये ४ जना आन्तरिक प्रतिस्पर्धाबाट र ५० जना खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको छ। माग गरिएका पदहरूमा उपप्रबन्धकदेखि हेभी इक्युपमेन्ट ड्राइभरसम्मका विभिन्न स्तरका पद समावेश छन्।

आवेदन दिन चाहने इच्छुक तथा योग्य व्यक्तिले तोकिएको शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्र सहित सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र आवेदन दिनुपर्नेछ।