Dhulikhel Eco Banner new

प्रतितोला १ हजार १ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.85K
shares

काठमाडौं, २९ असार । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आइतवार १ हजार १ सयले बढेर तोलामा १ लाख ९२ हजार ९ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने १३० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर २ हजार २८५ रुपैयाँमा कायम भएको छ ।