Dhulikhel Eco Banner new

काठमाडौं महानगरले ल्यायो २५ अर्ब बढीको बजेट

2.11K
shares

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।

आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्। उक्त बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट व्ययभार पर्नेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य स्रोतबाट खर्च हुने अनुमान गरिएको छ।

बजेट सार्वजनिक गर्नु अघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संवैधानिक प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने भए पनि आन्तरिक द्वन्द्वका कारण ढिलाइ भएको उपप्रमुख डंगोलले स्पष्ट पारिन्।

बजेटमा आगामी वर्षका प्राथमिकता, विकास निर्माण, सेवा प्रवाह र पूर्वाधार योजनाहरूलाई समेटिएको जनाइएको छ।