काठमाडौं महानगर : जनप्रतिनिधि र कर्मचारीलाई नक्सा पासमा ९० प्रतिशत छुट
वि.सं.२०८२ असार ३० सोमवार १७:०७
1.78K
shares
shares

काठमाडौं,३० असार। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको आर्थिक ऐनमा जनप्रतिनिधि तथा स्थायी कर्मचारी र उनीहरूको परिवारलाई लाभ हुने प्रावधान समावेश गरिएको छ।
नयाँ आर्थिक ऐनअनुसार, काठमाडौं महानगरपालिकाका बहालवाला जनप्रतिनिधि, स्थायी कर्मचारी तथा उनीहरूकै घरमा बसोबास गर्ने पतिपत्नी, आमा–बाबु वा सासू–ससुराको नाममा अधिकतम ३,००० वर्गफुटसम्मको आवासीय भवन निर्माण गर्न नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिइनेछ।
जनप्रतिनिधि र कर्मचारीले आफूलाई फाइदा पुग्ने गरी ऐन ल्याएको बताइएको छ ।


















