नागढुंगा सुरुङ निर्माणका लागि जापानबाट ५ अर्ब ३० करोड सहुलियत ऋण लिने निर्णय
वि.सं.२०८२ असार ३२ बुधवार १६:१४
3.59K
shares
shares

काठमाडौं, ३२ असार । सरकारले नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ। ३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले ५ अर्ब ७० करोड जापानी येन (नेपाली रुपैयाँमा करिब ५ अर्ब ३० करोड १० लाख) बराबरको ऋण लिन स्वीकृति दिएको हो।
हाल निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्ग आयोजना नेपालको पहिलो सुरुङमार्ग परियोजना हो, जुन काठमाडौंलाई धादिङसँग जोड्नेछ। निर्माण सकिएपछि राजधानीबाट पश्चिम प्रवेश गर्ने यातायातको दबाब घट्ने र यात्रा समय पनि उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ।

















