Dhulikhel Eco Banner new

संघीय सञ्चित कोषको अवस्था झनै कमजोर, घाटा २ खर्ब ४ अर्ब नाघ्यो

2.12K
shares

काठमाडौं, २ साउन । नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले संघीय सञ्चित कोषको अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा थप कमजोर भएको देखाएको छ।

२०८१ सालको सुरुमा सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा थियो भने एक वर्षको अवधिमा उक्त घाटा झण्डै २० अर्ब रुपैयाँले बढेर चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

सरकारको राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट जम्मा हुने रकमलाई आधार मानेर बनाइने ट्रेजरी पोजिसन (सञ्चित कोषको स्थिति) समयसँगै नाजुक बन्दै गएको देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार खर्च बढ्दो दरमा बढिरहेको भए पनि सोअनुसार राजस्व संकलन हुन नसक्दा संघीय सञ्चित कोषमा घाटा थपिएको हो।

वित्तीय अनुशासन कायम गर्न, अनुत्पादक खर्च कटौती गर्न र आन्तरिक स्रोतबाट राजस्व संकलनमा सुधार ल्याउन नसके संघीय कोषको अवस्था अझ जटिल बन्ने विज्ञहरूको चेतावनी छ।