Dhulikhel Eco Banner new

नेपाल मंकीपक्सको उच्च जोखिममा छ, बेलैमा ध्यान नदिए खतरा हुनसक्छ

10.93K
shares

पछिल्लो पटक कोभिड पछि विश्वमा मंकीपक्सको प्रकोप फैलिनेको हो कि भन्ने त्रास उत्पन्न भइरहेको छ ।अफ्रिका महादेशका केही देशहरुमा पाइने यो भाइरस अहिले युरोप र अमेरिकामा पनि फैलिएको छ । के हो मंकीपक्स ? नेपालमा यसको जोखिम कस्तो छ ? यसै पेरिफेरिमा शिक्षण अस्पतालका उप–प्रध्यापक डा. रन्जित साहसँग आयुश बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

मंकीपक्स के हो ? अलिकति प्रकाश पारिदिनुहा्ेस न ?

मंकीपक्स पनि भाइरस बाट सर्ने रोग हो । तर यो कोभिड जस्तो होइन । त्यो एउटा आर डि एन ए भाइरस हो । जुन चै पक्स भेरियन्ट अन्र्तगत अर्थाेपक्स भाइरस हो । यो रोग सामान्यतया नजिकबाट छोइदा सर्ने गर्छ ।

सरिसकेपछि पहिला ज्वरो आउने जिउहरु दुुख्ने, टाउकोे दुख्ने कोहीलाइ घाटी खसखस गर्ने हुन सक्छ । ज्वरो आएको दुई–तीन देखि शरिरमा साना साना फोकाहरु देखिन थाल्छ, जसलाई हामी ¥यासिस भन्छौ, त्यो निस्केको दुई दिनबाट त्यो फोकाहरु फुुल्न थाल्छ त्यसलाई हामी पक्स भन्छौँ । यो बादरमा पहिला देखिएको हुनाले यसलाई मंकीपक्स भनिएको हो ।

के मंकीपक्स यो भन्दा अगाडि पनि देखिएको हो त ?
हो यो रोग मध्य अफ्रिकामा पाइन्छ नै । यो रोग त्यहाँको इन्ड्यामिक हो । जस्तो कि काठमाडौंमा टाइफाइडको भाइरस पाउँछौँ । त्यसैले काठमाडौंलाई टाइफाइडको इन्ड्यामिक भनिन्छ ।

यो भाइरस मध्य अफ्रिकामा पाइन्छ नै र हामीले संसारभरि नै स्मल पक्सको खोप लगाउँदा यो भाइरसलाई नियन्त्रण गथ्र्यो । र अहिले अफ्रिकाको केही क्षेत्रमा मात्र यो रोग पाइएकोले खोप लगाउन बन्द भयो । त्यही भएर अहिले यो रोग अफ्रिकाबाट लगभग सबै युरोपेली देशहरुमा देखिएको छ ।

अहिलेसम्ममा १३ सयभन्दा माथि संक्रमण पुष्टि भएको छ । दक्षिण एसियामा चै अहिलेसम्म यो रोग पुुष्टि भएको छैन् । युुके र स्पेनमा यो रोग बढी फैलिएको देखिन्छ । डब्लु एच ओ लाई भर्खरै एउटा महामारी निर्मुुल नहुदै अर्को महामारी शुुरु हुन्छ भन्ने डर छ । महामारी हुनलाई चै यसको सर्ने दर कम छ ।

यो रोग श्वासप्रश्वासबाट सर्दैन तर ठुुला ठुुला थुुकका छिटाबाट भने सर्न सक्छ । अर्को भनेको यदि संक्रमित व्यक्तिसँग धेरै नजिक र लामो समयसम्म संलग्न भयो भने सर्न सक्छ । संक्रमित व्यक्तिले प्रयोग गररेको लुुगा, कोठा अन्य सामानहरु प्रयोग गर्यो भने यो रोग सर्न सक्छ ।

हामीले सञ्चार माध्यममा फोकै फोका भएइको बिरामीहरुको तस्विर देख्छौँ, यो चै कस्तो हो ?

यो रोगको संक्रमण चै कस्तो हुुन्छ भने यदि कोही व्यक्ति संक्रमणबाट आयो भने पनि तीन देखि २१ दिनसम्म उसलाई लक्षण देखिदैन त्यसैले अहिले नेपाल भारत लगायत दक्षिण एसियामा नदेखिए पनि यो रोग फैलिने सम्भावना छ ।

लक्षण देखिनुुमा सबैभन्दा पहिला ज्वरोबाट नै सुुरु हुन्छ । त्यसपछि जिउ दुुख्ने टाउको दुुख्ने भएको दुुईदेखि तीन दिनपछि ¥यासेसहरु देखिन थाल्छ । र्‍यासेसहरु पहिला जिब्रोबाट सुुरु हुुन्छ । त्यसपछि अनुुहारमा अनि शरीरभरि देखिन थाल्न ।

सुुुरुको लक्षणमा छालामान कालो दाग देखिन्छ त्यसलाई हामी म्याकुुल भन्छौँ । ती दागहरु फुुलेपछि पोस्टुुल भन्छाँै । त्यो भित्र पिप जम्छ त्यसलाई भेसिकल भनिन्छ । त्यसभित्र पस जम्छ त्यसलाई पस्टुुल भनिन्छ । र त्यो फुुटेर गयो भने हामीले छाला फुुटेर मासुु नै निस्केको जस्तो देखिन्छ । अनि विस्तारै सुुक्दै हरायर जान्छ । यो सबै स्टेनहरुमा संक्रमण फैलिने सम्भावना बढी हुुन्छ ।

के हामीसँग मंकीपक्स रोक्ने भ्याक्सिन छ ?
छ तर पनि मंकीपक्सको लागि भने बनाइएको होइन स्मल पक्सको लागि बनाइएको हो । स्मल पक्स भनेको अहिले पनि एउटा खतरनाक रोग नै हो । स्मल पक्स संसारको केही स्थानहरुमा र ठुुला देशहरुले ल्याबमा बनाएर सुरक्षित राखेका छन् । त्यसको लागि केही देशहरुले तयारीको लागि खोप र औषधी बनाएर राखेका छन् ।

यदि स्मल पक्सको संक्रमण बढ्यो भने प्रयोग गर्नको लागि । स्मल पक्सको औषधीहरु पनि छन् । हामीसँग मंकीपक्सकै औषधी नभएपनि स्मल पक्सको खोप पनि छ र औषधी पनि छ । अध्ययनले के देखाउँछ भने स्मल पक्स र मंकीपक्स एउटै समूहको भाइरस भएकाले एउटै खोपले स्मल पक्स र मंकीपक्स भाइरसलाई काम गर्ने गर्दछ । द्यबअतचष्ब भन्ने ष्खिभ ष्चगक लगाएर त्यसले सायद त्यो शरीरमा फैलिएपछि शरीरमा प्रतिरक्षा विकास भई त्यसले स्मल पक्स र मंकीपक्स दुवैलाई काम गर्दछ । त्योे अहिले युरोपका केही देशहरुले दुईवटा खोप ए क्याम्प २००० र गाइनोमेश भन्ने खोप प्रयोगमा ल्याएका छन् ।
यी खोप संक्रमण भएपछि लगाउने हुन् कि संक्रमण हुनु भन्दा अगाडी लगाउने हो ?

संसारभरी जतिपनि खोप बनेका छन् विशेषगरी ती सबै खोपहरु रोग लाग्नु भन्दा अगाडि नै लगाउनु पर्ने हुन्छन् त्यसपछि बल्ल त्यसले भाइरस बाट सुरक्षा प्रदान गर्दछ यो रोगको कुरामा भइरस लागेको चार दिनभित्र खोप लगायो भने यो रोग लाग्दैन ।

यदि संक्रमण भएको चार दिन पछाडि पनि खोप लगायो भने यो भाइरसले धेरै प्रभाव हाम्रो शरीरमा पार्न पाउँदैन । त्यसको कारणले संक्रमितलाई धेरै गाह्रो भएको महसुस हुँदैन । खोप लगाए पछि मंकीपक्स बाट हुने अन्य रोगहरु निमोनिया, ब्याक्टेरियल इनफेक्सन र अन्य रोगबाट पनि खोपले बचाउँछ र मान्छेको ज्यान जानबाट जोगिन्छ ।

यदि यो खोप रोग लाग्नुभन्दा अगाडि वा रोग लागेको चार दिनभित्र लगायो भने मंकीपक्स भाइरस बाट जोगाउँछ । यदि ४ दिन पछाडि ५ दिनदेखि पनि लगायो भने यो रोगबाट मर्न बाट जोगाउँछ ।
यो मंकीपक्सको खोप केही केन्द्रीकृत ठाउँहरुमा मात्र लगाइन्छ जस्तो कि युरोप का केही स्थानहरुमा जहाँ संक्रमण देखिएको वा पुष्टि भएको छ ।

उदाहरणको लागि यदि अमेरिकाको कुनै प्रान्तको कुनै क्षेत्रमा यो रोग देखा पर्यो भने केही क्षेत्रमा मात्रै भ्याक्सिन लगाउने गरिन्छ नकि कोरोनाको जस्तो सबैलाई खोप लगाउँदैन किनभने त्यतिधेरै खोप बनिसकेको छैन त्यसैले समूह समूह गरी खोप लगाइन्छ ।

यो रोगको मृत्युदर कति छ ?

यो रोगको मृत्युदर भन्नुपर्दा खासै छैन । अहिलेको कुरा गर्नुपर्दा यो महामारीमा यो रोगबाट एकजना पनि हामीले गुमाउनु परेको छैन् । १३ सय भन्दा बढीलाई संक्रमण हुँदा केहि विरामीहरु आईसीयूमा पनि भर्ना हुनुभयो तर मृत्यु भन्ने कसैको पनि भएको छैन ।

यो रोगको पुरानो तथ्याङ्क हेर्ने हो भने ५ देखि ११ प्रतिशत मृत्युदर रहेको छ जसको प्रतिरक्षा प्रणाली कमजोर छ त्यो व्यक्तिलाई यो रोगले धेरै चाप्ने गर्छ र मृत्यु पनि प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसहरूको हुने तथ्यांकले देखाउँछ ।

नेपालमा यो रोग आउने सम्भावना कति छ यो रोग नेपाल आउन नदिनको लागि सम्बन्धित निकायबाट कस्तो कदम चाल्न जरुरी छ ?

यो रोग पनि कोरोना जस्तै भाइरस् बाट सर्ने हो । हाम्रो देशमा यो रोग आइनसकेकोले र भारतमा पनि नआइ सकेको हुनाले जमिनबाट आउने सम्भावना अहिले कम छ । त्यसैले यो बाहिर हवाई माध्यमबाट आउन सक्छ । हामीले यो रोगलाई पहिचान गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य शिविर सञ्चालन गर्यो भने यो रोगलाई नेपाल आउन बाट रोक्न सकिन्छ ।

यदि कसैलाई जरो आएको छ भने वा शरीरमा फोका देखिन्छ भने त्यसलाई आइशोलेसन्मा ४ देखि २५ दिनसम्म राख्ने अनि रोगको उपचार गर्ने गर्यो भने यो रोग बाट बच्न सकिन्छ । हैन हामीले यसलाई ध्यान दिइएन भने यो रोग फैलिन्छ नै । त्यसैले अहिलेको सम्भाबना हावाई माध्यम नै हो, त्यसलाई नियन्त्रण गर्न सकियो भने यो रोग फैलिन बाट जोगाउन सकिन्छ ।

स्वास्थ्य निकायका व्यक्तिहरुले अहिले नै यो रोग आउनु अगाडि नै यो रोगको पहिचान गर्ने आइशोलेसन् को व्यवस्था गर्ने हो भनेचाहिँ यो रोगबाट बच्न सकिन्छ ।

अन्त्यमा तपाईलाई केही भन्नु छ ?
हामी अहिले नै आतिइहाल्नुपर्ने अवस्था केही छैन र यो कोरोना जस्तो संक्रामक पनि होइन । यदि यो रोग आइहाल्यो भने पनि आत्तिहाल्नु पर्दैन यसको समाधानका उपायहरू छन् । अनुसन्धान पनि भइरहेको छ ।

यो पुरानै स्मल पक्स भाइरससँग मिल्दोजुल्दो भएको कारणले त्यसको उपचार पनि सम्भव छ । त्यसैले अहिले नै आतिइहाल्नुपर्ने अवस्था केही छैन । यदि नेपालमा आइहालेको खण्डमा पनि स्वास्थ्य क्षेत्रले देशभरि नै कोरोनाको परीक्षण गरेजस्तै यो रोगको पनि परीक्षण गर्नुपर्ने हुन्छ । त्यो भयो भने यो रोग फैलिन बाट जोगाउन मद्दत पुग्छ ।