सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम भने उच्च अंकले वृद्धि
वि.सं.२०८२ साउन ४ आइतवार १५:०५
3.77K
shares
shares

काठमाडौं, ४ साउन । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.८७ अंकले घटेर २,८६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २१ अर्ब ४६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.८८ प्रतिशतका दरले गुमाएका छन् ।



















