Dhulikhel Eco Banner new

पुनर्बहालीको माग गर्दै शरद ओझा सर्वोच्चमा

2.37K
shares

काठमाडौं, १२ साउन । निलम्बित नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफूविरुद्ध गठन भएको छानबिन समिति खारेज र निलम्बन फुकुवाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिका सदस्यहरूलाई विपक्षी बनाएका छन्।

सर्वोच्च अदालतले विपक्षीहरूलाई कारण देखाउन आदेश जारी गर्दै अर्को सुनुवाइ सोमबार तोकेको छ। सरकारले असार ३० गते छानबिन समिति गठन गरी ओझालाई निलम्बनमा राखेको थियो।

ओझाविरुद्ध अर्को मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ । उनको नियुक्ति विवादित रहेको भन्दै रिट दायर गरिएको छ। विवाद चाँडै समाधान हुने अपेक्षा गरिएको छ।