Dhulikhel Eco Banner new

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.33K
shares

काठमाडौं, १३ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.४९ अंकले बढेर ३००१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ५२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा समता घरेलु लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.६० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले २.९३ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्यका लगानीकर्ताले २.७३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले २.६४ प्रतिशतका दरले गुमाएका छन् भने मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले २.४८ प्रतिशतका दरले गुमाएका छन् ।