Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तको सीइओमा पौडेल पुनः नियुक्त

2.99K
shares

काठमाडौं, १८ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई ४ वर्षको लागि लागू हुने गरि सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १० गतेबाट लागू हुनेगरी पुनः सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।