Dhulikhel Eco Banner new

शेयर बजारमा २२३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.78K
shares

काठमाडौं, १८ साउन । आइतवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ६३.७३ अंकले घटेर २,८५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब ०७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन भेन्चर्सका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले गुमाएका छन् ।