Dhulikhel Eco Banner new

काम समयमै नसकाउने ११ निर्माण कम्पनी कालोसूचीमा

2.57K
shares

काठमाडौं, १९ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्य समयमै सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले सोमवार सूचना जारी गर्दै विभिन्न सरकारी निकायहरूबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)अनुसार लिएको जिम्मेवारी समयमा पूरा नगरेको ठहर गर्दै ती निर्माण कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मको लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनीहरू अब तोकिएको अवधि भित्र कुनै पनि सरकारी खरिद प्रक्रिया, ठेक्का वा बोलपत्रमा सहभागी हुन सक्ने छैनन्।

कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने कार्यलाई सशक्त बनाउँदै लगेको जनाएको छ।