झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम खुम्चियो
वि.सं.२०८२ साउन २१ बुधवार १५:१५
2.63K
shares
shares

काठमाडौं, २१ साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.३५ अंकले बढेर २,८३६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका हुन् ।


















