Dhulikhel Eco Banner new

शेयर लगानीकर्ता कोइरालाको अवस्था नाजुक, के हेर्दै छ धितोपत्र बोर्ड ?

11.25K
shares

काठमाडौं, ६ असार । शेयर लगानीकर्ता तिलक कोइरालाको अबस्था नाजुक बन्दै गएको छ । शेयर बजार सुधारका माग राख्दै आमरण अनसन बसेका कोइरालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । कोइराला नेपाल धितोपत्र बोर्ड अगाडि छैटौँ दिनदेखि अनसन बसिरहेका छन् ।

अनसनरत कोइरालाको स्वास्थ्य कमजोर हुँदै जाँदा पनि धितोपत्र बोर्ड भने मुकदर्शक बनेको छ । बोर्डले निरन्तर शेयर लगानीकर्ताले आन्दोलन गर्दा पनि कुनै ठोस कदम चालेको छैन ।

पुँजी बजार सुधार संघर्ष समितिले विगत लामो समय देखि बजार सुधारको लागि आन्दोलन गरिरहेका छन् । योभन्दा पहिले दुई पटक आमरण अनसन बसेका काइराला यो पटक भने उदारोमा सहमति नहुने बताउँदै आएका छन् ।