Dhulikhel Eco Banner new

प्रतिकित्ता १०० रुपैयाँमै सबैैले किन्न पाउने गरि तेह्रथुम पावरको अवितरित हकप्रद लिलामीमा

3.9K
shares

काठमाडौं, २६ साउन । तेह्रथुम पावर कम्पनी लिमिटेडले ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम (अक्सन) प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्यमा बिक्रीका लागि खुला लिलामीमा ल्याएको हो। इच्छुक व्यक्ति वा संस्थाहरूले कम्तीमा १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि समेत बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीमा सर्वसाधारण, संस्थापक शेयरधनी तथा संगठित संघसंस्थाहरू सबैले भाग लिन पाउने व्यवस्था गरिएको छ। बोलपत्र साउन २७ गतेदेखि भदौ ३ गते, दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ।

बोलपत्र फाराम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाडौं नक्सालस्थित कार्यालय तथा नबिल बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

यही स्थानहरूमा नै बोलपत्र फाराम बुझाउन सकिने कम्पनीले जानकारी दिएको छ। तेह्रथुम पावर कम्पनीले लिलामी प्रक्रियाबाट सेयर बिक्री गरी पूँजी संकलन गर्ने योजना बनाएको हो।