Dhulikhel Eco Banner new

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी गोदावरीका बजगाई पक्राउ

2.04K
shares

काठमाडौं, ५ भदौ । बैंकिङ कसूर मुद्दामा फरार रहँदै आएका गोदावरी नगरपालिका–१३ का ५५ वर्षीय कृष्ण प्रसाद बजगाईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले मंगलबार उनलाई गोदावरी नगरपालिका–१३ स्थित झरूवारासीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत ललितपुरले २०८१ फागुन ६ गतेको फैसलामार्फत बजगाईलाई १ करोड रुपैयाँ जरिवाना र १ महिना कैद सजाय सुनाएको थियो।

सजाय फैसला भए पनि फरार रहँदै आएका बजगाईलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बैंकिङ अपराधमा संलग्न रहेकाले उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अदालतमा पठाइएको हो।