सुनको मुल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ९ सोमवार ११:१४
3.55K
shares
shares

काठमाडौं, ९ भदौ । स्थानिय बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
आइतबार प्रतितोला १ लाख ९७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य सोमबार ३ सयले घटेर प्रतितोला १ लाख ९७ हजार २ सयमा कायम भएको हो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आइतबार २ हजार ३ सय ५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३५५ रुपैयाँ कायम भएको छ।

















