Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.69K
shares

काठमाडौं, ११ भदौ । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५६.६९ अंकले बढेर २,८२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ६८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले कमाएका छन् भने ग्रिन भैन्र्चसका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ७.६० प्रतिशतका दरले कमाएका छन् भने गार्डियन माइके लाइफका लगानीकर्ताले ७.२८ प्रतिशतका दरले कमाएका छन् ।