Dhulikhel Eco Banner new

नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा खापुङ नियुक्त

3.28K
shares

काठमाडौं, १३ भदौ । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। थापा २०८१ चैत ४ गते नेपाल प्रहरीको ३१ औं प्रमुखको रूपमा नियुक्त भएका थिए।

यसबीचमा, नयाँ प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको छ। यदि उक्त विधेयक पारित भइसकेको भए, थापाको कार्यकाल कम्तीमा ६ महिनासम्म थपिने सम्भावना थियो। नयाँ ऐनले ३० वर्षे सेवा अवधिको सीमा हटाउने प्रस्ताव राखेको छ।