Dhulikhel Eco Banner new

बुङ्गल हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

3.47K
shares

काठमाडौं, १६ भदौ । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ। आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको पहिलो चरणको आईपीओ बाँडफाँटपश्चात कम्पनीले दोस्रो चरणमा आम लगानीकर्ताका लागि शेयर निष्कासन गर्न लागेको हो।

यस चरणमा कम्पनीले कुल १७ लाख १ हजार ५०० कित्ता शेयर, अर्थात् १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ सार्वजनिक गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर बिक्री गरिनेछ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने म्याद छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।