Dhulikhel Eco Banner new

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड

3.52K
shares

काठमाडौं, १७ भदौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड भएको छ।

गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरिएको उक्त बन्दमुखी योजनाको इकाई भदौ १६ गते बाँडफाँड गरिएको हो। कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीजपूँजीका रूपमा योजना व्यवस्थापकलाई सुरक्षित राखिएको छ।

बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो। निष्कासन अवधिभर विधिपूर्वक आवेदन दिएका सम्पूर्ण लगानीकर्ताहरूलाई बीजपूँजीसहित बाँडफाँड गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ।

इकाई बाँडफाँडसम्बन्धी विवरण सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट तथा एनआईसी एशिया क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।