Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ४३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.61K
shares

काठमाडौं, १७ भदौ । शेयर बजारमा ४ अर्ब ४३ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँ कारोबार भएको छ भने युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसगरि दोर्दी खोला हाइड्रोपावरको १४ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १४ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ ।