Dhulikhel Eco Banner new

एसवाई प्यानल नेपालको आईपीओ खुला

3.89K
shares

काठमाडौं, ७ असोज । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गते आफ्नो पहिलो चरणको साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ। यो आईपीओ विशेष रूपमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको हो।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासनको अनुमति प्राप्त गरेको छ। यसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ भने ४ लाख ९७ हजार ९२ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ।

उद्योग प्रभावितका रूपमा चितवनको रत्ननगर नगरपालिकाका सबै वडाका स्थायी बासिन्दाहरूले आईपीओमा आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाहरूले असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आवेदन म्याद असोज १० गतेसम्म रहेको छ। आईपीओ निष्कासन तथा बाँडफाँडको कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत गरिनेछ।