कटारीमा किस्ता उठाउन आउने लघुवित्तका कर्मचारीले महिला माथी गरे कुटपिट
वि.सं.२०७९ असार ८ बुधवार १०:१५
shares

काठमाडौं, ८ असार । कटारी नगरपालिका वडा नम्बर २ सिमानपुरमा मंगलबार बिहान एक महिला माथी कुटपिट भएको छ ।श्रृजनशिल लधुवित्त संस्था कटारी शाखाका फिल्ड सहायक कर्मचारी कैलास शर्माले रोशनी खातुन माथी कुटपिट गरेका हुन।
नमुना श्रृजनशिल महिला केन्द्र २७ नम्बर केन्द्रमा खातुन सहित १५ जना महिलाहरुले समूह बनाई सामुहिक जमानीमा लधुवित्त संस्था बाट ऋणलिने र बचत गर्दै आएका छन।
मंगलबार बिहान ऋण लिएका हरु संग किस्ता उठाउन आएका शर्माको खातुन संग सामान्य बादविवाद भएको थियो । विवादभए संगै कुटपिट गरेको खातुनले गुनासो गरिन। कुटपिट बाट आफ्नो अनुहार सुन्निएको भन्दै आफ्नो पिडा सुनाईन । सामान्य घाइते भएकी खातुनले आफुलाई कुटपिट गरेको भन्दै ईलाका प्रहरी कार्यलय कटारीमा उजुरी समेत दिएकी छिन।
घटना बारे श्रृजनशिल लधुवित्त संस्था कटारीका प्रमुख मीन कुमार थापा संग बुझ्दा आफ्नो कर्मचारीले गल्ती गरेको स्वीकार गरेका छन ।
लधुवित्त संस्था बाट महँगो ब्याजमा ऋण लिएका हरुले ऋण तिर्न नसक्दा गाउँ समेत छाडेर हिड्ने गरेका छन।

















