भकुण्डेवेसी–नेपालथोक खण्ड ३/४ दिनभित्र सञ्चालनमा ल्याइनेछः मन्त्री घिसिङ
वि.सं.२०८२ असोज १९ आइतवार १६:५४
shares

काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने सरकारको भनाइ छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३–४ दिनभित्रमा उक्त खण्ड सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
मन्त्री घिसिङका अनुसार प्रभावित क्षेत्रको अवस्थाअनुसार डाइभर्सन निर्माण र सडक खुलाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ। जुन सडकहरूमा क्षति पुगेको छ, विशेष गरी भकुण्डेवेसी–नेपालथोक जाने सडक तत्कालै सञ्चालन गर्नका लागि काम सुरु भइसकेको छ, उनले भने, सकेसम्म ३–४ दिनभन्दा पनि छिटो सञ्चालनमा ल्याउने गरी उपकरणहरू पनि व्यापक रूपमा परिचालन गरिएको छ।
उनले तत्कालका लागि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरे।
यसका साथै, मन्त्री घिसिङले मेची राजमार्ग पनि यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने काम अघि बढाइएको जानकारी दिए।



















