Dhulikhel Eco Banner new

प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा

5.02K
shares

काठमाडौं, २१ असोज । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारण समूहका लागि बाँकी रहेका झण्डै दुई लाख कित्ता हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ।

कम्पनीले यसअघि साउन १५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरका लागि प्राप्त आवेदनहरूको बाँडफाँडपछि १,८९,९२७ कित्ता शेयर अवितरित रहन गएको थियो। ती शेयरहरू अब सर्वसाधारणलाई न्यूनतम मूल्य प्रतिकित्ता रू। १०० बाट लिलामीमा बिक्री गरिने कम्पनीले जनाएको छ।

बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताको माग गर्नुपर्नेछ। अधिकतम माग गर्ने हक सबैलाई खुला गरिएको छ, तर माग गरिएको कित्ता १० को अंकले विभाजित हुनुपर्नेछ। इच्छुक लगानीकर्ताहरूले असोज २८ गते मंगलबारदेखि कात्तिक ११ गते मंगलबार दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र फारम काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ। यस्तै, फारम र बुझाउने सुविधा लक्ष्मी सनराइज बैंकका शाखाहरू—विराटनगर ९हनुमान दास सडक०, वीरगन्ज ९आदर्शनगर०, हेटौंडा, पोखरा ९न्युरोड०, बुटवल ९मिलनचोक०, वीरेन्द्रनगर ९वीरेन्द्रचोक० र धनगढी ९लक्ष्मी नारायण चोक० मा पनि उपलब्ध हुनेछ।