Dhulikhel Eco Banner new

खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा

2.51K
shares

काठमाडौं, २८ असोज । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ।

यसअघि कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो। सो अवधिमा सबै शेयरका लागि आवेदन नपरेपछि बाँकी रहेका शेयरहरू लिलामीमा ल्याइएको हो। कम्पनीले न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकेको छ।

इच्छुक लगानीकर्ताले कात्तिक १२ गतेदेखि कात्तिक १९ गते बुधबार दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र कम्तीमा १०० कित्ताका लागि दिनुपर्नेछ भने अधिकतममा १० ले न‍िर्शेष भाग जाने अंकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ।

बोलपत्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा वा सिटिजन्स बैंक इन्टरनेसनलका कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्युरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयहरूमा पेश गर्न सकिनेछ। यस लिलामीमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबै इच्छुक पक्षहरूले भाग लिन सक्नेछन्।