Dhulikhel Eco Banner new

हिमालयन लाइफका अभिकर्ताले सीईओ कर्णलाई पदबाट हटाए

4.29K
shares

काठमाडौं, २७ असोज । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्ण राजीनामा दिन बाध्य भएका छन् । अभिकर्ताहरुले सीईओ कर्णको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए ।

उनले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ कर्णले दिएको राजिनामा स्वीकृत गरेको हो ।

हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा ५० रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए । सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएकोमा कार्यालय समेत जाने अवस्था नभएपछि उनले आज दिउँसो राजिनामा दिएका थिए । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।