Dhulikhel Eco Banner new

चार वाणिज्य बैंकको शेयर मूल्य आइपिओ बराबरमा

2.61K
shares

काठमाडौं, ११ कात्तिक । चार वाणिज्य बैंकको शेयर मूल्य अहिले आइपिओ बराबरमा झरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार धितोपत्र बजार २ हजार ५०५ विन्दुमा कायम रहँदा बैंकिङ क्षेत्रका केही कम्पनीहरू कमजोर अवस्थामा देखिएका छन्। हाल बजारमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये चार बैंकका शेयर मूल्य २०० रुपैयाँभन्दा तल पुगेका छन्।

यी चार बैंकहरू क्रमशः प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र कुमारी बैंक हुन्। पछिल्लो कारोबार विवरणअनुसार प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ ७० पैसा, हिमालयन बैंकको १९८ रुपैयाँ ७० पैसा, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९६ रुपैयाँ २० पैसा र कुमारी बैंकको १८३ रुपैयाँ १० पैसा कायम भएको छ। यी मूल्यहरू प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) का क्रममा निर्धारण गरिएको दरसँग मिल्दोजुल्दो छन्।