Dhulikhel Eco Banner new

शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.52K
shares

काठमाडौं, २४ कात्तिक । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.८० अंकले घटेर २,५८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५१ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन रुरु जलविद्युतका लगानीकर्ताले ८.७५ प्रतिशतका दरले गुमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, उपकारका लघुवित्तका लगानीकर्ताले ५.६३ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।