एनएमबि बैंकले प्रायोरिटी कस्टुमरलाई ‘परान’ मूभी देखाउने, बैंकिङ क्षेत्रमा नयाँ प्रयोग
वि.सं.२०८२ मंसिर १ सोमवार ११:१२
shares

काठमाडौं, १ मंसिर। एनएमबि बैंकले आफ्ना प्रायोरिटी कस्टुमरलाई नेपाली सुपरहिट फिल्म ‘परान’ विशेष प्रदर्शनका लागि निमन्त्रण दिएको छ। ग्राहक–अनुभूति र सन्तुष्टि अभिवृद्धि गर्न बैंकहरूले सुरु गरेको नयाँ अभ्यासका रूपमा यो कदमलाई हेरिएको छ।
बैंकका अनुसार प्रायोरिटी कस्टुमरहरूलाई बैंकिङ सेवासँगै सामाजिक–सांस्कृतिक अनुभव जोड्ने उद्देश्यले मूभी–स्क्रिनिङ कार्यक्रम सुरु गरिएको हो। यसरी मनोरञ्जन र ग्राहक–सम्बन्ध व्यवस्थापन (सिआएम) लाई जोडेर ग्राहकसँग नजिकिने विश्वव्यापी विधिलाई नेपालमा पनि लागू गर्न एनएमबि बैंकले पहिलो कदम चालेको बताइएको छ।
कार्यक्रममार्फत बैंकले दीर्घकालीन सम्बन्ध बलियो बनाउने, सेवा उपयोगकर्ताहरूलाई सम्मान र प्राथमिकता महसुस गराउने तथा ब्रान्ड–भ्यालु बढाउने लक्ष्य लिएको छ। बैंकिङ प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा नेपाली बैंकहरूले ग्राहक–केन्द्रित गतिविधि विस्तार गर्दै लगेका छन्।
एनएमबि बैंकले ‘परान’ जस्तो लोकप्रिय फिल्ममार्फत आफ्ना मूल्यवान ग्राहकलाई फरक अनुभव दिन लागिएको जनाएको छ। यस प्रकारका कार्यक्रमले बैंक–ग्राहक सम्बन्धलाई अझ सहज र मित्रवत् बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।















