Dhulikhel Eco Banner new

सामसङ नेपालको जाडो अफर वाशिङ मेसिन र फ्रिजमा आकर्षक छुट

2.47K
shares

काठमाडौं, ७ मंसिर । सामसङ नेपालले जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि विशेष अफर सार्वजनिक गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका आधिकारिक स्टोरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र फ्रिजका विभिन्न मोडेलमा आकर्षक छुट, रकम फिर्ती तथा सजिलो किस्ता सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले सात केजीदेखि बाह्र केजीसम्म क्षमताका वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशतसम्म तत्काल रकम फिर्ती प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड फ्रिजमा अधिकतम १७ प्रतिशतसम्म रकम फिर्ती उपलब्ध हुनेछ।

सामसङका वाशिङ मेसिन र फ्रिजमा प्रयोग हुने मोटरमा बीस वर्षको ग्यारेन्टी दिइएको छ। सबै मोडेलमा निःशुल्क जडान सुविधा पनि उपलब्ध रहेकोले उपभोक्ताले सजिलै सेवा प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले किस्ता सुविधा प्रयोग गरी वाशिङ मेसिन र फ्रिज किन्न सक्नेछन्। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्छ र प्रक्रिया सरल छ। यसैगरी, आफ्नो पुरानो उपकरण बदल्न चाहने ग्राहकहरूले देशभरका आधिकारिक स्टोरमार्फत आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङ उपकरणमा अपग्रेड गर्न सक्ने सुविधा पनि उपलब्ध छ।