Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ९ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.78K
shares

काठमाडौं, ८ मंसिर । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ४४ हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार १ हजार ९ सयले घटेर तोलामा २ लाख ४२ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । आइतवार प्रतितोला ३ हजार १ सय ३५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य सोमवार तोलामा ३ हजार १ सय १५ रुपैयामा कायम भएको छ ।