डिजिटल भुक्तानी सेवा अब ग्राहककै नियन्त्रणमा छः राष्ट्र बैंक
वि.सं.२०८२ मंसिर ९ मंगलवार १०:४२
shares

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ग्राहकले प्रयोग गर्दै आएका विद्युतीय भुक्तानी सेवाहरू आफैँले नियन्त्रण गर्न सक्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। यस व्यवस्थाबाट अब ग्राहकले डिजिटल सेवा आवश्यकताअनुसार स्वयम् तथा पुनः गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।
राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ अन्तर्गत ग्राहक हित संरक्षण सम्वन्धी प्रावधानमा यो व्यवस्था समावेश गरिएको हो। यसले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा, क्यूआर कोड भुक्तानी जस्ता सेवाहरू कुनै कारणले प्रयोग गर्न नमिल्ने वा सुरक्षाका कारण रोक्न चाहिएको अवस्थामा ग्राहकलाई आफ्नो बैंकको मोबाइल एप वा वेब पोर्टल मार्फत सेवा तुरुन्तै व्यवस्थापन गर्ने अधिकार प्रदान गर्दछ। त्यस्तै, आवश्यकता परेमा त्यही माध्यमबाट सेवा पुनः सक्रिय गर्न सकिन्छ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल बैंकिङसम्बन्धी उचित जानकारी लिएर मात्र कारोबार गर्न सबै उपभोक्तालाई सुझाव दिएको छ।















