लसुन आयातमा तीव्र गिरावट, चार महिनामै ८० प्रतिशतभन्दा बढी घट्यो
वि.सं.२०८२ मंसिर ९ मंगलवार १७:१५
shares

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले आयात गरेको लसुनको परिमाण र मूल्य अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधि सम्म ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ, जसको मूल्य ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यसबाट १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
यता अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने अस्वाभाविक रूपमा लसुन आयात अत्यधिक बढेको थियो। त्यही अवधिमा मात्र २३,९८९ मेट्रिक टन लसुन आयात भएको थियो, जसको मूल्य ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबर थियो। सो आयातबाट सरकारलाई ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो।
तथ्यांक हेर्दा चालु वर्ष लसुन आयात परिमाण झन्डै ८० प्रतिशतले घटेको देखिन्छ। आयात मूल्य र राजस्व दुवैमा ठूलो गिरावट देखिएको छ।



















