Dhulikhel Eco Banner new

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

3.72K
shares

काठमाडौं, २ पुस । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१र८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँका आधारमा लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत वर्ष पनि कम्पनीले यही अनुपातमा लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।