Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

3.98K
shares

काठमाडौं, ८ पुस । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.२७ अंकले बढेर २५८४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।