Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा

4.52K
shares

काठमाडौं, १० पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। १ लाख ४३ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले संस्थापक शेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।