Dhulikhel Eco Banner new

आयात प्रतिबन्ध हटाउन समुद्रपार निकासी पैठारी संघको माग

5.59K
shares

काठमाडौं, ६ साउन । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातमा गरेको प्रतिबन्ध चाँडै हटाउन माग गरेको छ । संघले १० वस्तुमा लगाईएको प्रतिबन्ध हटाउन सरकारलाई माग गरेको छ ।

सरकारले आगामी भदौ १४ गतेसम्म पेट्रोल र डिजेलले चल्ने कार, जीप, भ्यान, खेल्ने तास, तयारी मदिरा, कुरकुरे, लेज, खेलौना, हीरा, ३२ इन्चभन्दा माथिका टेलिभिजन, ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धले अनधिकृत आयात बढेको र त्यसले सरकारले राजस्व गुमाएको संघको भनाई छ । तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिइरहेको भन्दै संघले प्रतिबन्ध खारेज गर्न माग गरेको हो ।

संघको एक प्रतिनिधिमण्डलले बिहीवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर उक्त माग राखेका थिए ।