Dhulikhel Eco Banner new

मौद्रिक नीति कसिलो आयो : परिसंघ अध्यक्ष अग्रवाल

5.45K
shares

काठमाडौं, ६ साउन । नयाँ मौद्रिक नीति कसिलो आएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् । अध्यक्ष अग्रावलले केटिएम भ्वाइससँगको कुराकानीका क्रममा मौद्रिक नीतिका कारण ब्याजदर अझै बढ्ने र मूल्य वृद्धि थप बढने बताएका हुन् ।

मौद्रिक नीतिले मुद्रा आपूर्तिलाई घटाउने देखिन्छ तर समग्रमा उद्योगीका लागि भने सकारात्मक नीति आएको भए पनि मूल्य वृद्धि रोक्न सक्ने गरी नीति आउन नसकेको उनको भनाइ छ । पैसाको आपूर्ति कम भएर बजार खुम्चिने अवस्था आउने उनले बताए । उद्योगलाई २ प्रतिशत प्रिमियर लिने व्यवस्था गरिएको भन्दै यो सकारात्म रहेको उनको भनाइ छ ।

परिसंघले दिएका सुझाबहरु केही मात्रामा समावेश भएको पनि उनले बताए । ‘उद्योगहरुलाई फरक ब्याजदर कायम गर्ने कुरा गरिएको छ यो पनि सकारात्म रहेका छ,’ उनले भने । आइटी पार्कको कुरा गरिएको थियो, ग्रिन वर्नको कुरा गरिएको थियो त्यो समेटिएको छ । समग्रमा सकारात्म नै मान्नु पर्ने अग्रवालको भनाइ छ ।