Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

4.82K
shares

काठमाडौं, ७ असोज । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको दाँजोमा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजारे बनेको हो ।

अमेरिकी डलरको मूल्यले नयाँ उचाई लिएर शुक्रबार १ अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ०८ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकी डलरको खरिद मूल्य १२९.०८ रुपैयाँ र बिक्री मूल्य १२९.६८ रुपैयाँ तोकेको छ । गत साउन ५ गते १ अमेरिकी डलरको मूल्य १२८ रुपैयाँ २९ पैसा पुगेको थियो । त्यतिखेर त्यो मूल्य पनि सबैभन्दा बढी थियो ।

अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउ निरन्तर बढीरहेको छ । फेडले पाँचौ पटक औसत ब्याजदर बढाएर ३ प्रतिशत पुर्याएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दा त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पनि पर्छ । नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशका लागि डलरको मूल्य बढ्नु भनेको भान्सा महंगो बन्नु हो । केही मात्रामा आउने पर्यटकबाट हुने आम्दानी बढेजस्तो देखिए पनि नेपाली अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव पर्ने अर्थविद्हरुको भनाइ छ ।

डलरको भाउ बढ्दा अर्को तर्फ नेपालले विदेशी राष्ट्रलाई तिर्नु पर्ने ऋण, साँवा र ब्याज पनि महंगो पर्न जान्छ । वैदेशिक ऋणको लागत समेत बढ्छ । नेपाल उपभोग्य वस्तु समेत विदेशबाट खरिद गर्नु पर्ने भएकाले नेपालीको भान्सा सम्म यसको प्रभाव पर्छ ।