Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा करिब ३६ प्रतिशतले घट्यो निर्यात

4.3K
shares

काठमाडौं, १३ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालबाट निर्यात हुने वस्तुमा करिब ३६ प्रतिशतको गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म नेपालबाट ४१ अर्ब ८२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गत वर्षकोभन्दा ३५.७१ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा भने नेपालबाट ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांका अनुसार नेपालले तीन महिनाको अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सुरुका तीन महिनामा ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । जसमा यो वर्ष १३.१३ प्रतिशतले कमी आएको छ ।

पहिलो त्रैमासिकमा निर्यातमात्रै नभएर आयात पनि घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म १६.२० प्रतिशतले आयात घटेको छ । गत वर्षको पहिलो त्रैमासिकमा नेपालले ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । तर चालु आर्थिका वर्षको सुरुको तीन महिनामा भने ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।